तनहुँमा माछा मार्ने क्रममा दुईको मृत्यु

तनहुँ | जेठ ३०, २०७९

तनहुँमा माछा मार्ने क्रममा दुईको मृत्यु

तनहुँ:  माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ ।

 

आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ ( मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।” मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्माल्न कठिनाइ भएको छ ।

 

भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्